March 05, 2026
फार्मान्यूजनेपाल AI सारांश
- ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ का स्थानीयले मतदान बहिष्कार गरेका छन् ।
- प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रान्तीका अनुसार, बिहान १० बजेसम्म कोही पनि मतदाताले मतदान नगरेको जानकारी दिए ।उनका अनुसार, मानेभन्ज्याङ–७ को शहीद स्मृति आधारभूत विद्यालयमा रहेको केन्द्रमा कोही पनि मतदाता मतदानमा सहभागी नभएका हुन् ।सो केन्द्रमा मतदान गर्ने मतदाताको संख्या ७०१ जना रहेको छ ।
- ‘अहिलेसम्म कोही पनि मतदाता पुग्नुभएको छैन ।
ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ का स्थानीयले मतदान बहिष्कार गरेका छन् । प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रान्तीका अनुसार, बिहान १० बजेसम्म कोही पनि मतदाताले मतदान नगरेको जानकारी दिए ।
उनका अनुसार, मानेभन्ज्याङ–७ को शहीद स्मृति आधारभूत विद्यालयमा रहेको केन्द्रमा कोही पनि मतदाता मतदानमा सहभागी नभएका हुन् ।
सो केन्द्रमा मतदान गर्ने मतदाताको संख्या ७०१ जना रहेको छ । ‘अहिलेसम्म कोही पनि मतदाता पुग्नुभएको छैन । कसैले पनि मत खसाल्नुभएको छैन,’ सीडीओ मंग्रान्तीले भने ।
उनका अनुसार, प्रादेशिक अस्पताल निर्माणको माग सम्बोधन नभएको भन्दै स्थानीय आक्रोशित थिए ।
उनीहरूले सोही माग पूरा गर्नुपर्ने अन्यथा भोट नमाग्ने भन्दै मतदान बहिष्कार गरेका हुन् ।