उदयपुरको कटारीमा गोली चल्दा ४ मत खसेको मतपेटिकामा क्षति


फार्मान्यूजनेपाल AI सारांश
  • उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियारबाट गोली चल्दा मतपेटिकामा क्षति भएको छ ।कटारी नगरपालिका-३ तरकारी तथा फलफूल बजार बिक्री केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा सुरक्षाकर्मी बोकेको हतियारबाट गोली पड्केको थियो ।इलाका प्रहरी कार्यालय सुन्दरपुर दरबन्दी भइ अस्थायी प्रहरी पोष्ट चुहाडेमा कार्यरत एक प्रहरी जवानले बोकेको सर्टगनबाट गोली पड्केको हो ।गोली पड्किंदा मतपेटिकामा क्षति भएको छ ।
  • उक्त मतपेटिकामा ४ वटा मत खसेको थियो ।
  • मतपत्रमा भने कुनै क्षति नभएको प्रहरीले बताएको छ ।अर्को मतपेटिकामा राखेर अहिले मतदान सुरु भइरहेको छ ।


उदयपुर । उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियारबाट गोली चल्दा मतपेटिकामा क्षति भएको छ ।

कटारी नगरपालिका-३ तरकारी तथा फलफूल बजार बिक्री केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा सुरक्षाकर्मी बोकेको हतियारबाट गोली पड्केको थियो ।

इलाका प्रहरी कार्यालय सुन्दरपुर दरबन्दी भइ अस्थायी प्रहरी पोष्ट चुहाडेमा कार्यरत एक प्रहरी जवानले बोकेको सर्टगनबाट गोली पड्केको हो ।

गोली पड्किंदा मतपेटिकामा क्षति भएको छ । उक्त मतपेटिकामा ४ वटा मत खसेको थियो । मतपत्रमा भने कुनै क्षति नभएको प्रहरीले बताएको छ ।

अर्को मतपेटिकामा राखेर अहिले मतदान सुरु भइरहेको छ । कोशी प्रदेशका डीआईजी विनोद घिमिरेका अनुसार सुरक्षाकर्मी लड्दा हतियार पड्केको हो ।

प्रतिक्रिया