बारामा निर्वाचन कर्मचारी बेहोस, अस्पताल लगियो


फार्मान्यूजनेपाल AI सारांश
  • बारामा एक निर्वाचन अधिकृत बेहोस भएका छन् ।बाराको सिम्रौनगढ नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुर मतदानस्थलमा खटिएका कर्मचारी बेहोस भएका हुन् ।जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरकाअनुसार बेहोस हुनेमा निर्वाचन कर्मचारी श्याम प्रसाद साह छन् ।अचानाक बेहोस भएपछि उनलाई बाराकै अस्पतालमा उपचारका लागि पठाइएको छ ।

बारा । बारामा एक निर्वाचन अधिकृत बेहोस भएका छन् ।

बाराको सिम्रौनगढ नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुर मतदानस्थलमा खटिएका कर्मचारी बेहोस भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरकाअनुसार बेहोस हुनेमा निर्वाचन कर्मचारी श्याम प्रसाद साह छन् ।

अचानाक बेहोस भएपछि उनलाई बाराकै अस्पतालमा उपचारका लागि पठाइएको छ ।


प्रतिक्रिया