March 04, 2026
फार्मान्यूजनेपाल AI सारांश
- राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ ।प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन् ।
- केहीबेरदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।भोलि हुने प्रतिनिधिसभा निर्वाचनअघि प्रधानमन्त्री कार्कीले सबै निकायका प्रमुखहरूसँग छलफल गर्न लागेकी हुन् ।बैठकमा पछिल्लो देशभरको सुरक्षा अवस्थाबारे ब्रिफिङ हुने बताइएको छ ।
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन् । केहीबेरदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।
भोलि हुने प्रतिनिधिसभा निर्वाचनअघि प्रधानमन्त्री कार्कीले सबै निकायका प्रमुखहरूसँग छलफल गर्न लागेकी हुन् ।
बैठकमा पछिल्लो देशभरको सुरक्षा अवस्थाबारे ब्रिफिङ हुने बताइएको छ ।