- प्रधानमन्त्री सुशीला कार्कीले सरकारले निर्वाचन आयोगलाई स्वतन्त्र रूपमा काम गर्न वातावरण बनाएको र सरकार केवल सहयोगी भूमिकामा रहेको स्पष्ट पारेकी छन् ।उनका अनुसार सरकार गठन भएदेखि नै निर्वाचन नहुने भन्ने आशङ्का र आलोचना भए पनि सरकारले आफ्नो लक्ष्यबाट पछि नहटी काम गर्दै आएको थियो ।
- मन्त्रिपरिषद्को निरन्तर लगनशीलताका कारण अन्ततः निर्वाचन सफलतापूर्वक सम्पन्न भएको उनले बताइन् ।प्रधानमन्त्री कार्कीले धेरैले आलोचना र अवरोध खडा गर्ने प्रयास गरे पनि सरकारले त्यसतर्फ ध्यान नदिई निर्वाचन सम्पन्न गर्ने लक्ष्यमा केन्द्रित भएर काम गरेको उल्लेख गरिन् ।
- उनले दलहरूबीच समन्वय र सहकार्यको वातावरण निर्माण गर्न सरकार सक्रिय रहेको बताउँदै निर्वाचनका क्रममा रक्तपात नहोस् भन्ने आफ्नो सुरुदेखिको संकल्प पूरा भएको दाबी गरिन् ।यसैबीच सत्ता हस्तान्तरणअघि सरकारले केही महत्वपूर्ण प्रतिवेदन सार्वजनिक गर्ने तयारी पनि गरेको छ ।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले निर्वाचन आयोगलाई स्वतन्त्र रूपमा काम गर्न वातावरण बनाएको र सरकार केवल सहयोगी भूमिकामा रहेको स्पष्ट पारेकी छन् ।
उनका अनुसार सरकार गठन भएदेखि नै निर्वाचन नहुने भन्ने आशङ्का र आलोचना भए पनि सरकारले आफ्नो लक्ष्यबाट पछि नहटी काम गर्दै आएको थियो । मन्त्रिपरिषद्को निरन्तर लगनशीलताका कारण अन्ततः निर्वाचन सफलतापूर्वक सम्पन्न भएको उनले बताइन् ।
प्रधानमन्त्री कार्कीले धेरैले आलोचना र अवरोध खडा गर्ने प्रयास गरे पनि सरकारले त्यसतर्फ ध्यान नदिई निर्वाचन सम्पन्न गर्ने लक्ष्यमा केन्द्रित भएर काम गरेको उल्लेख गरिन् । उनले दलहरूबीच समन्वय र सहकार्यको वातावरण निर्माण गर्न सरकार सक्रिय रहेको बताउँदै निर्वाचनका क्रममा रक्तपात नहोस् भन्ने आफ्नो सुरुदेखिको संकल्प पूरा भएको दाबी गरिन् ।
यसैबीच सत्ता हस्तान्तरणअघि सरकारले केही महत्वपूर्ण प्रतिवेदन सार्वजनिक गर्ने तयारी पनि गरेको छ । जेनजी सम्झौतासँग सम्बन्धित परिषद् गठन भइसकेको र विभिन्न आयोगका प्रतिवेदनहरू प्राप्त गर्ने क्रममा रहेको प्रधानमन्त्री कार्कीले जानकारी दिइन् ।
सरकार सञ्चालनका क्रममा देखिएका अनुभव, उपलब्धि तथा कमजोरीहरू समेटेर एउटा श्वेतपत्रजस्तै दस्ताबेज तयार गरी आगामी सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रधानमन्त्री कार्कीले नयाँ सरकारले युवाहरूको आशा र भरोसालाई जोगाउनुपर्नेमा पनि जोड दिइन् । रोजगारीका लागि विदेश जाने नेपाली युवाहरूको संख्या घटोस् र विदेशमा ज्यान गुमाएर बाकसमा फर्किने पीडादायी घटना दोहोरिन नपरोस् भन्ने आफ्नो अपेक्षा रहेको उनले बताइन् । साथै मुलुकको आर्थिक विकास र सुशासन सुदृढ हुनुपर्नेमा उनले जोड दिइन् ।