March 05, 2026
फार्मान्यूजनेपाल AI सारांश
- हिमाली जिल्ला रसुवामा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत हालसम्म १३ प्रतिशत मतदान सम्पन्न भएको छ ।एउटामात्र निर्वाचन क्षेत्र रहेको रसुवामा बिहान ११ः३० बजेसम्म कुल १३ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार उप्रेतीले जानकारी दिएका छन् ।उनका अनुसार जिल्लाभरका सबै मतदान केन्द्रमा हालसम्म कुनै अप्रिय घटना नभई शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया जारी रहेको छ ।
- मतदाताहरू निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।
रसुवा । हिमाली जिल्ला रसुवामा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत हालसम्म १३ प्रतिशत मतदान सम्पन्न भएको छ ।
एउटामात्र निर्वाचन क्षेत्र रहेको रसुवामा बिहान ११ः३० बजेसम्म कुल १३ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार उप्रेतीले जानकारी दिएका छन् ।
उनका अनुसार जिल्लाभरका सबै मतदान केन्द्रमा हालसम्म कुनै अप्रिय घटना नभई शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया जारी रहेको छ । मतदाताहरू निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।