मनाङमा हेलिकोप्टरबाट मतपेटिका संकलन गरिने, शुक्रबार सदरमुकाम ल्याइने


फार्मान्यूजनेपाल AI सारांश
  • हिमालपारीको जिल्ला मनाङको मतपेटिका हेलिकोप्टरबाट संकलन गरिने भएको छ ।
  • भौगोलिक रूपमा विकट नार्पा भूमि गाउँपालिकाका मतपेटिकाहरू हेलिकोप्टरबाट ल्याउन लागिएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए । मतदान सकिए लगत्तै आजै हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गर्ने योजना भए पनि हेलिकप्टर उपलब्ध नहुँदा भोलि बिहान मात्र ल्याइने भएको हो ।‘हेलिकप्टर यतै भएको भए आजै सम्भव हुन्थ्यो, बुटवलतिर भएकाले अब भोलि बिहान मात्रै मतपेटिका ल्याउन सकिने भयो,’ उनले भने ।नार्पा भूमिको मतपेटिका २ पटक हेलिकोप्टर उडाइने छ ।
  • सुगम क्षेत्र र सडक पहुँच भएका तल्लो तथा माथिल्लो भेगका मतपेटिकाहरू भने गाडीमार्फत आज राति ९ बजेसम्म सदरमुकाम ल्याउने तयारी छ । 

पोखरा । हिमालपारीको जिल्ला मनाङको मतपेटिका हेलिकोप्टरबाट संकलन गरिने भएको छ । भौगोलिक रूपमा विकट नार्पा भूमि गाउँपालिकाका मतपेटिकाहरू हेलिकोप्टरबाट ल्याउन लागिएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए । 

मतदान सकिए लगत्तै आजै हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गर्ने योजना भए पनि हेलिकप्टर उपलब्ध नहुँदा भोलि बिहान मात्र ल्याइने भएको हो ।

‘हेलिकप्टर यतै भएको भए आजै सम्भव हुन्थ्यो, बुटवलतिर भएकाले अब भोलि बिहान मात्रै मतपेटिका ल्याउन सकिने भयो,’ उनले भने ।

नार्पा भूमिको मतपेटिका २ पटक हेलिकोप्टर उडाइने छ । सुगम क्षेत्र र सडक पहुँच भएका तल्लो तथा माथिल्लो भेगका मतपेटिकाहरू भने गाडीमार्फत आज राति ९ बजेसम्म सदरमुकाम ल्याउने तयारी छ । 

प्रतिक्रिया