March 06, 2026
फार्मान्यूजनेपाल AI सारांश
- सुदूरपश्चिमका डोटीमा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।
- यहाँ एमाले उम्मेदवार दीपक धामी २४० मतका साथ अग्रस्थानमा देखिएका छन् ।उनी एमालेको भ्रातृ संगठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष हुन् ।केहीबेरअघि सार्वजनिक भएको मतगणनको परिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार त्रिलोचन भट्ट २१० मतसहित धामीलाई पच्छ्याइरहेका छन् ।
- उनी सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री हुन् ।डोटीमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का ९७ मतका साथ तेस्रो स्थानमा छन् ।
काठमाडौं । सुदूरपश्चिमका डोटीमा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । यहाँ एमाले उम्मेदवार दीपक धामी २४० मतका साथ अग्रस्थानमा देखिएका छन् ।
उनी एमालेको भ्रातृ संगठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष हुन् ।
केहीबेरअघि सार्वजनिक भएको मतगणनको परिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार त्रिलोचन भट्ट २१० मतसहित धामीलाई पच्छ्याइरहेका छन् । उनी सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री हुन् ।
डोटीमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का ९७ मतका साथ तेस्रो स्थानमा छन् । उनी कांग्रेसका केन्द्रीय सदस्य हुन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्रबहादुर खड्का ८२ मत ल्याएर थौथो स्थानमा छन् ।