प्रशान्त उप्रेतीलाई भेटेर नेकपाका उम्मेदवार लवशेरले दिए शुभकामना


फार्मान्यूजनेपाल AI सारांश
  • मकवानपुर क्षेत्र नम्बर २ मा रास्वपाबाट विजयी भएका प्रशान्त उप्र्रेतीलाई नेकपाका उम्मेदवार लवशेर विष्टले भेटेर बधाई दिएका छन् ।विष्टले उप्रेतीलाई मतगणना स्थल परिसरमै आएर बधाई तथा शुभकामना दिएका हुन् ।
  • मकवानपुर–२ मा नेकपाबाट उम्मेदवार बनेका विष्टले १२ हजार ७५४ मत प्राप्त गरेर पराजित भएका थिए ।उनले उप्रेतीलाई अंकमाल गरेर शुभकामना दिदैँ मकवानपुर–२ को विकासमा योगदान गर्न सहकार्य गर्ने प्रतिवद्धता जनाए ।
  • उप्रेतीले ३१ हजार ७२५ मत ल्याएर विजयी भएका हुन् ।

मकवानपुर । मकवानपुर क्षेत्र नम्बर २ मा रास्वपाबाट विजयी भएका प्रशान्त उप्र्रेतीलाई नेकपाका उम्मेदवार लवशेर विष्टले भेटेर बधाई दिएका छन् ।

विष्टले उप्रेतीलाई मतगणना स्थल परिसरमै आएर बधाई तथा शुभकामना दिएका हुन् । मकवानपुर–२ मा नेकपाबाट उम्मेदवार बनेका विष्टले १२ हजार ७५४ मत प्राप्त गरेर पराजित भएका थिए ।

उनले उप्रेतीलाई अंकमाल गरेर शुभकामना दिदैँ मकवानपुर–२ को विकासमा योगदान गर्न सहकार्य गर्ने प्रतिवद्धता जनाए । उप्रेतीले ३१ हजार ७२५ मत ल्याएर विजयी भएका हुन् ।

प्रतिक्रिया