March 04, 2026
फार्मान्यूजनेपाल AI सारांश
- सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीस्थित बीपी राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
- बुधबार मध्यान्ह बा।४ ख ३८९४ नम्बरको बसले ठक्कर दिँदा ज।१० प ९२३ नम्बरको स्कुटर चालकको मृत्यु भएको हो ।मृत्यु हुने करिब ३५ वर्षीय पुरुष व्यक्तिको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदीले रातोपाटीलाई बताए । काठमाडौँबाट मरिणतर्फ जाँदै गरेको बसका चालक ४१ वर्षीय राजकुमार माझीलाई प्रहरीले पक्राउ गरेको छ ।
- स्कुटर सिन्धुलीबाट चियाबारीतर्फ जाँदै थियो ।
काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीस्थित बीपी राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बुधबार मध्यान्ह बा।४ ख ३८९४ नम्बरको बसले ठक्कर दिँदा ज।१० प ९२३ नम्बरको स्कुटर चालकको मृत्यु भएको हो ।
मृत्यु हुने करिब ३५ वर्षीय पुरुष व्यक्तिको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदीले रातोपाटीलाई बताए ।
काठमाडौँबाट मरिणतर्फ जाँदै गरेको बसका चालक ४१ वर्षीय राजकुमार माझीलाई प्रहरीले पक्राउ गरेको छ । स्कुटर सिन्धुलीबाट चियाबारीतर्फ जाँदै थियो ।