March 06, 2026
फार्मान्यूजनेपाल AI सारांश
- सुर्खेत क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका विष्णुबहादुर खड्काको अग्रता कायमै छ ।
- ४ हजार ८०७ मत गणना हुँदा खड्काले १९३२ मत प्राप्त गरेका छन् ।खड्कालाई पछ्याइरहेका एमालेका ध्रुवकुमार शाहीले ११८६ मत प्राप्त गरेका छन् ।
- रास्वपाका टेकबहादुर सिंहले ११६६ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् ।नेपाली कम्युनिस्ट पार्टीका जीतबहादुर रानाले २०४ मत पाउँदा राप्रपाका रविकिरण हमालले ५३ मत प्राप्त गरेका छन् ।
सुर्खेत । सुर्खेत क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका विष्णुबहादुर खड्काको अग्रता कायमै छ । ४ हजार ८०७ मत गणना हुँदा खड्काले १९३२ मत प्राप्त गरेका छन् ।
खड्कालाई पछ्याइरहेका एमालेका ध्रुवकुमार शाहीले ११८६ मत प्राप्त गरेका छन् । रास्वपाका टेकबहादुर सिंहले ११६६ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् ।
नेपाली कम्युनिस्ट पार्टीका जीतबहादुर रानाले २०४ मत पाउँदा राप्रपाका रविकिरण हमालले ५३ मत प्राप्त गरेका छन् ।