सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा मतगणना सुरू भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अशोक चौधरीले सुरूवाती अग्रता बनाएका छन् । उनले १६८ मत पाएका छन् । नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले ७९ मत पाएकी छन् भने नेपाली कांग्रेसका विजय गच्छदारले ४५ पाएका छन् ।
यो निर्वाचन क्षेत्रमा अघिल्लो निर्वाचनमा एमालेकी भगवती चौधरी विजयी भएकी थिइन् । त्यसअघि गच्छदारले लगातार जित्दै आएका थिए ।
March 06, 2026
pharmanewsnepal.com